Shikhar Insurance
National Life

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १४, बुधबार १०:४२
Hyundai
NCELL
NIMB

सुनसरी । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।

धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताए । उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरेका छन् । ‘पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै १ लाख आम्दानी भइरहेको छ’, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान–११ का शिवमाया राई पनि हुनुहुन्छ । छ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर रोप्नुभएकी उहाँले कालान्तरमा मनपरेका फूल सङ्कलन सुरु गरे । अहिले उनले आफैँ नर्सरी सञ्चालन गरेका छन् । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।

‘सुरुमा आफन्त र छिमेकी सित्तैमा लैजाने गर्दथे, उनीहरुले नि:शुल्क पाएर होला, राम्रोसँग स्याहार नगरेको देख्दा चित्त दुख्थ्यो’, उनले भने ‘पछि सित्तैमा दिन मन लागेन, प्रतिबिरुवा रु ५० लिन थाले, पछि यो व्यवसाय बन्यो ।’

उनले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गर्नुभयो । अहिले यसैले व्यवसायी बनाएकामा उहाँ निकै खुसी छन् । ‘सौखले रोप्न सुरु फूल पछि व्यवसाय बन्यो, अहिले यसैबाट मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको छ’, उनले भने । अहिले उनको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल र बिरुवा छन् ।

धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।

धरान–८ मा पवित्र नर्सरी सञ्चालन गर्दै आएकी प्रमिला राई १७ वर्षदेखि नर्सरीबाट भएको आम्दानीले नै परिवार धानिरहेको बताइन् । नर्सरीमा उहाँले केही व्यक्तिलाई जागिर पनि दिएकी छिन ।

धरान–२० का युमेनहाङ राईले पनि पहिले फूल सङ्कलन गर्ने सौख नै अहिले व्यवसाय बनेकोबताइन् । अहिले अहिले एभरेष्ट नर्सरी सञ्चालन गर्दै आएकी छिन । उनले भनिन् ‘सुरुमा साथीभाइबाट मनपरेका फूल मागेर ल्याउँथे, पछि यसैलाई व्यवसाय बनाएँ, अहिले यही सौखको व्यवसायले घर खर्च धानेको छ ।’ उनको नर्सरीमा अहिले १ सयदेखि रु ७० हजारसम्मका बिरुवा छन् ।

धरानका नगरप्रमुख हर्क साम्पाङ राईले पनि उपमहानगरमा फूल रोप्ने अभियान नै सञ्चालन गरेका छन् । उनले सञ्चालन गर्नुभएको श्रमदान अभियानबाट धरानमा सडकको छेउछाउ र सर्दुखोलाको बगर र डाँडाकाँडामा विभिन्न प्रजातिका फूल र बोटबिरुवा रोपिएको छ ।

‘फूलले मानिसलाई आकर्षित मात्र गर्दैन व्यावसायिक पनि बनाउँछ’, उनले भनिन् फूलले धरान पर्यटकलाई पनि आकर्षित गर्छ ।’ फूल र बोटबिरुवा धरानको चिनारीका रुपमा विस्थापित गर्नका लागि उक्त अभियान सञ्चालन भइरहने उनको भनाइ छ ।

धरानमा अहिले व्यावसायिक रूपमा फूल र बिरुवा बेच्ने तीन दर्जनभन्दा बढी नर्सरी छन् । धरानमा वार्षिक रु तीन करोडभन्दा बढीको फूल र बिरुवा हुने जानकारहरु बताउँछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्