Shikhar Insurance
National Life

पाल्पामा लागेकाे डढेलोले चार सामुदायिक वनमा क्षति

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार ११:२०
Hyundai
NCELL
NIMB

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्