Skip to content
Shikhar Insurance
National Life

बैकिङ्ग क्षेत्र विकासका लागि वित्तीय अनुशासनको पनि आवश्यकता पर्छ : सीइओ खनाल

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्र रमण खनालले बैंकिङ्ग क्षेत्रको विकासका लागि वित्तीय सहजताका साथ-साथै वित्तीय अनुशासनको पनि आवश्यकता पर्ने बताएका छन् । उनले बिहिबार बैंकको ६० औं वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंकिङ्ग क्षेत्रको विकासका लागि वित्तीय सहजताका साथ साथै वित्तीय अनुशासनको पनि आवश्यकता पर्दछ। हाम्रो बैंक तथा वित्तीय क्षेत्रको आकार देशको कुल गार्हस्थ उत्पादनको हाराहारीमा रहेको छ ।’ उनले विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको बर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका संकेतहरु थालेका बताएका छन् । वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ्ग क्षेत्रमा बढेको तरलताका कारण घटेको देखि समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले जनाए ।

सीइओ खनालले राजस्व असुलीमा क्रमश: बाएको स्पार सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक वित्त एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरुको प्रयोगबाट राञ्छित सिमा भित्र रहेको मुद्रास्फीतिले पनि अर्थतन्त्रको सुधारलाई सहयोग गरेको बताउदै भने, ‘अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडी बढाएका नीतिगत सुधारका प्रयासहरुले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशाको सञ्चार गराएका छन् । अर्थतन्त्रमा आएको सुधारले हाल बैंकहरुले व्यहोर्नु परेको अधिक तरलता एवं घट्दो कर्जा निवशेष अनुपातको समस्यालाई समाधान गर्नका लागि मद्दत गर्नेछ भन्ने हामीले आशा लिएका छौं।’

उनले यस बैंकको स्थापना नै राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउने, आम सर्वसाधारणको वित्तीय पहुँचमा वृद्धि गर्ने तथा उद्योग एवं वाणिज्य क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले भएको उल्लेख गरे । ‘खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालना, सूचना प्रविधिको प्रयोग, डिजिटल बैंकिङ्ग सेवा लगायतका क्षेत्रको सुधारमा बैंकले निरन्तर कार्य गर्दै आइरहेको छ’ उनले बताए ।

नेपालको बैंक तथा वित्तिय क्षेत्रमा निरन्तर रुपमा बढी रहेको निष्कृय कर्जाको आकारबाट बैंक तथा वित्तिय क्षेत्र चिन्तित भएको समेत धारणा व्यक्त गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्