काठमाडौं । सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई सचिवमा बढुवा गरेको हो ।
पौडेल राजस्व समहुका अर्थ मन्त्रालयका क्याडर हुन् । १ नम्बरमै सहसचिव परिक्षा पास गरेका पौडेलले आन्तरिक राजस्व विभाग, भन्सार विभागका महानिर्देशकको रुपमा काम गरिसकेका छन्। सचिव बढुवा भएसँगै पौडेललाई राजस्व सचिव बन्ने बाटो खुला भएको छ ।
नेपाली काँग्रेस निकट मानिएका पौडेले केहि महिनामै राजस्व सचिव बन्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्