Shikhar Insurance
National Life

अर्थमन्त्रीको प्रश्न: संसदमा छलफल हुनु निरंकुश भए लोकतन्त्र खोज्न कहाँ जाने ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २१, बुधबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश भएका विधेयकहरुको प्रक्रियामा त्रुटी नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सदनमा प्रश्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताउनु भयो । विधेयकबारे छलफल गरेर संसदले उचित निर्णय गर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी राम्रो संवैधानिक अभ्यासमा छौँ । अध्यादेश सदनमा आउँछ, छलफल हुन्छ । समर्थन हुन्छ, विरोध हुन्छ । सभाले विवेक प्रयोग गरेर उचित ढंगले निर्णय गर्छ । त्यही प्रक्रियामा हामी छौँ ।’

अर्थमन्त्री पौडेलले संसदमा प्रश्तुत विधेयक स्वेच्छाचारी वा निरंकुश नभएर सरकारले आवश्यक महशुस गरेर ल्याएको जिकिर गरे । संसदमा प्रश्ताव पेश गर्नु, छलफल गर्नु, संसदले नै निर्णय गर्नु निरंकुश हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने ? भन्दै प्रतिप्रश्न गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्