काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानर पालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थामा सुधार आएको छ । शनिबार पोखराको एक कार्यक्रममा आयोजकको गम्भिर लापारबाहिका कारण हाइड्रोजन भरिएको बेलुन पड्किदा दुबै जना घाइते भएका थिए ।
किर्तिपुर अस्पतालले एक सूचना जारी गर्दै दुबै जनाको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको बताएको छ । साथै संक्रमणको डर हुने भएकाले भेटघाटका लागि नआउन अस्पतालले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्