काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजि बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । मन्त्री पौडेलले धितोपत्र बोर्डको ३३ औं वार्षिक उत्सवको अवसरमा बोल्दै सबै लगानीकर्तालाई ढुक्कले लगानी गर्न सक्नेगरी वातावरण सृजना गर्न बोर्डलाई भनेका हुन् ।
पछिल्लो समय बोर्डमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्दै सो गतिविधि रोक्न भनेका हुन् । मन्त्री पौडेले भने, “बोर्डमा हुने गरेको अवान्छित गतिविधि रोक्न लाग्नुस्, नयाँ इन्ट्रुमेन्टको खोजी गर्नुहोला, इन्साइडर ट्रेडिङ, कर्नरिङ रोक्न विषेश ध्यान दिनुस् ।”
विश्व स्तरिय पुँजिबार निर्माणमा बोर्ड लाग्नुपर्ने अर्थमन्त्री पौडेलको भनाई छ । “पुँजि बजारप्रति सरकारको धारणा के हो भन्ने विषय आगामी आर्थिक वर्षको बजेट वक्तव्य बाट स्पष्ट पारिएको छ । सरकारले पुँजि बजारको पुन:संरचनाको लागि विशेष कार्ययोजना सार्वजनिक गरेको छ, अर्थमन्त्री पौडेलले भने, ती कार्यान्वयन हुन्छन् नेप्सेको पुनर्संरचना पनि हुन्छ । पुँजि बजारको दिगो विकाश सरकारको प्राथमिकता हो । साना लगानीकर्ताको हितलाई ध्यान दिनुस् ।”
वर्षहरु बित्दै जान्छन्, बर्सको गणना कति सम्य व्यतीत गर्यो भनेर मात्रै लिनु हुँदैन । धितोपत्र बोर्डको नियामकिय भूमिका बलियो बनाउन सक्नुपर्ने मन्त्री पौडेलले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट रहेको पुँजी बजारको नियामक सरह सेबोनले समेत आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्छ । धितोपत्रको भूमिकालाई गुणात्मक रूपमा बढाउन खोजिएको छ । गल्ती नगर्न नदिन र गल्ती गर्नेलाई कारबाहि र राम्रो गर्नेलाई प्रोत्साहित गर्नु पर्नेमा मन्त्री पौडेलले जोड दिए ।
उनले थपे, “यो संस्थालाई प्रभाव र दबाबमा पार्ने धेरै हुन्छन्, त्यसबाट माथि उठेर काम गर्नु पर्छ । पुँजी बजारको सन्दर्भमा हुने टीका टिप्पणी इन्साइडर ट्रेडिङ र अपारदर्शी काम रोक्न सक्नुपर्छ । सबै लगानीकर्ता ले ढुक्क भएर काम गर्ने वातावरण बनाउनुपर्छ । नयाँ उपकरण पनि बजारमा ल्याउन बोर्डले काम गर्नु पर्छ । पुँजी बजार अर्थतन्त्रको ऐना हो, तेसैले पुजी बजारको माध्यम बाट देशको अर्थतन्त्र सुधार गर्न सक्ने हुनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्