काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हटाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुबै महानिर्देशकको सरुवा गरेको हो ।
भन्सार विभागका महानिर्देशक पुडासैनीको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको संघिय मामिला सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
मन्त्रालयका दीर्घराज मैनाली सूचना आयोगमा पुगेका छन् । नारायण प्रसाद रिसाल गृह मन्त्रालयमा सरुवा भएका छन् । तीर्थराज चिलवाल र पार्वती अर्याल अर्थ मन्त्रालय आएका छन् । अर्थमन्त्री पौडेलले दुबै महानिर्देशकहरुलाई राजस्व असुलीका आधारमा मात्रै कार्यसम्पादन मूल्यांकन गर्ने बताउदै आएका थिए । दुबै महानिर्देशकको कार्यक्षमता कमजोर भएको भन्दै सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्