काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युतिय गाडी बिक्रेतालाई अधिक छुट दिएका छन् । विद्युतिय गाडी नेपालमै एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आयकर नलिने बजेटबाट घोषणा गरेका हुन् ।
आयकर ऐन २०५८ दफा ११ लाई संशोधन गर्दै मन्त्री पौडेलले नेपालमा विद्युतिय चार्जिङ स्टेशन र विद्युतिय गाडी एसेम्बल गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर नलिने व्यवस्था गरेको हो ।
दफा ११ को उपदफा ३ (र) मा ‘विद्युतीय उर्जाबाट सञ्चालित सवारी साधन चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाँच वर्षसम्म आयकर छुट हुनेछ ।’ अब विद्युतिय गाडी नेपालमै एसेम्बल गर्ने उद्योगले आफ्नो नाफाको ५ वर्षसम्म कर तिर्नु पर्दैन ।
बजेटबाटै अर्थमन्त्री पौडेलले चार्जिङ स्टेशनमा भ्याट छुट गरिदिएका छन् । यस्तै विद्युतिय गाडीमा कर वृद्धि गर्न समेत अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्