काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । हाइड्रोजन भरिकएको बेलुनमा आगो लाग्दा घाइते भएका मन्त्री पौडेल सोमबार डिस्चार्ज भएका हुन् ।
मन्त्री पौडेलसँगै अस्पताल भर्ना भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने केहि दिन अस्पतालमै रहने भएका छन् । उनको ब्लड प्रेसर बढेको कारण केहि दिन अस्पतालमै रहने चिकित्सकहरुले बताएका छन् ।
शनिबार (फागुन ३ गते) पोखाको ए कार्यक्रममा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा मन्त्री पौडेल र मेयर आचार्यको शरिरमा ६ प्रतिशत जलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्