काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना भएका छन्। पोखराको एक कार्यक्रममा प्राविधिक समस्याका कारण मन्त्री पौडेललाई आगोको लप्काले भेटेपछि उनि घाइते बनेका हुन् ।
आगोको लप्काले भेटेको मन्त्री पौडेललाई सुरुमा गण्डकी अस्पताल पोखरामा उपचार गरेको थियो । थप उपचारका लागि सिम्रिक एयरलाइन्सको हेलिकप्टर मार्फत किर्तिपुर ल्याइएको थियो ।
आगोले पोलेको घाउको उपचार कठिन मध्येको एक मानिन्छ । मन्त्री पौडेललाई आगोले हात र अनुहारमा पोलेको कारण अस्पताल भर्ना गरिएको हो ।
पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।
उनका अनुसार प्राविधिक समस्याका कारण बेलुन उडाउने क्रममा इलेक्ट्रिक सर्ट भई हातमा केहि चोट लागेको छ । पोखरा महानगर पालिकाका मेयर धनराज गुरुङ र अर्थमन्त्री पौडेलले बेलुन उडाउने क्रममा आगो लाग्दा अनुहार र हातमा आगोको लप्काले भेटेको थियो ।
प्रतिक्रिया दिनुहोस्