Shikhar Insurance
National Life

अर्थमन्त्री विष्णु पौडेल घाइते, गण्डकी अस्पतालमा उपचार हुँदै

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ३, शनिबार १४:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडल घाइते भएका छन् । पोखराको एक कार्यक्रममा प्राविधिक समस्यामा कारण मन्त्री पौडेल घाइते बनेका हुन् ।

पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । उनका अनुसार प्राविधिक समस्याका कारण बेलुन उडाउने क्रममा इलेक्ट्रिक सर्ट भई हातमा केहि चोट लागेको छ । पोखरा महानगर पालिकाका मेयर धनराज गुरुङ र अर्थमन्त्री पौडेलले बेलुन उडाउने क्रममा आगो लाग्दा अनुहार र हातमा आगोको लप्काले भेटेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यद्यपी चोट सामान्य नै रहेको बताइएको छ ।

मन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । उनी आजै काठमाडौं आउने कार्यक्रम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्