काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केही भएको छैन भन्नेकुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने बताए । उनले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताए ।
उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनु रहेको बताए । देशमा सुशासन र विकासको गति तिब्र बनाउन सरकारले काम गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन । फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठूला पार्टीहरु मिलेर, देश धेरै अफ्ठ्यारोमा पर्यो यो बीचमा । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ । विज्ञान प्रविधिले गरेका उपलब्धीहरु सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्छ । २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि छन् ।’
प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरु मुस्कुराएको आफूहरले हेर्न चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस्