काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । शिक्षकहरुले २० औं दिनको आन्दोलनलाई पनि निरन्तरता दिएका हुन् ।
शिक्षकहरुको आन्दोलन चर्किएपछि शिक्षा मन्त्री विद्य भट्टराईले राजिनामा दिएकी छन् । सोमबार स्वास्थ्यको कारण देखाउँदै शिक्षा मन्त्री भट्टराईले प्रधानमन्त्री केपी ओली समक्ष राजिनामा बुझाएका हुन् ।
प्रधामन्त्री ओलीले भने शिक्षकहरुमाथि निरन्तर अमानित हुने शब्दहरु प्रयोग गरिहरेका छन् । उनले सोमबार मात्रै एउटा ऐन बोक्न १० हजार शिक्षक आवश्यक नपर्ने भन्दै हलुका टिप्पणी गरेका थिए । प्रतिपक्षमा रहँदा शिक्षकको माग संबोधन नगरेको भन्दै ओलीले तत्कालिन सत्ता पक्षलाई गाली गरेका थिए । तर आफू सत्तामा पुगेपछि भने शिक्षकहरुले राम्ररी नपढाएको कारण विद्यार्थी फेल भएको आरोप लगाएका छन् ।
मंगलवार काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको मागहरु सम्बोधन हुन अझै असहज देखिएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्