Shikhar Insurance
National Life

‘ग्रे लिस्टमा परिहाल्यौं भनेपनि हामीसँग छिटै निस्कने स्पेस छ’ गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८१ माघ १४, सोमबार १३:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । यस्ता कार्यक्रमहरुले स्टेक होल्डरहरुको सचेतना बढाउँने काम गर्दछ । त्यसैले पनि यस्ता कार्यक्रमहरु धेरै महत्त्वपूर्ण रहेको छ । सुशासन र पारदर्शिता भन्ने कुरा हामीलाई अत्यावश्यक कुरा हो । विभिन्न ती स्टान्डर्डहरुमा चाहिने कानुनी रुपमा धेरै कानुनहरु बनायौँ । र यी कानुनहरु बीच बीचमा संशोधन परिमार्जन पनि गर्दै गयौँ ।

आजको समयमा हेर्दा हाम्रो संसदले, हाम्रो सरकारले कानुनलाई पर्याप्त बनाइदिएको छ । तर यो एउटा जर्नी हो । बनायो भन्दैमा यही कानुनले भोलिसम्मै पुग्छ भन्ने हैन । यो नियमित रुपमा थप्दै जानुपर्छ । त्यसैगरी, के कस्तो संरचनाहरु छ त, ती कानुनहरुलाई प्रयोग गर्ने ? जस्तो वित्तीय कारोबारहरुका क्षेत्रहरु हामीले बनाएका छौँ । त्यसैगरी, अनुसन्धान गर्ने सन्दर्भमा पनि देशव्यापी अनुसन्धान हुने गरी सम्बन्धित निकायहरुले अनुसन्धान गर्ने कुरा हामीले तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यो गरि नै रहेका छौँ । यति हुँदा हुँदै पनि कयौँ ग्यापहरु छन् । ती ग्यापहरुलाई एड्रेस गर्ने हाम्रो कर्तव्य हो । पहिलो ग्याप चाहिँ हामीले २०२० मा राष्ट्रिय जोखिम मूल्यांकन गरेका थियौँ । हामीले कुन सेक्टरमा बेसी जोखिम छ ? कि छैन भन्ने हेर्नु पर्ने हुन्छ । त्यहि प्राइरटीमा हामीले लग्दैछौँ । त्यसैगरी, यो जोखिम भनेको सधैँ एउटै खालको जोखिम हुँदा रहेन छन् । त्यसैले, यसमा इभ्यालुएसन हुन जरुरी छ ।

सुरु सुरुमा चाहिँ र अहिले पनि क्यास कारोबार बढी जोखिममा छ । त्यसैले दिनमा डिजिटल कारोबारहरु बढ्दै गइरहेको छ । तर डिजिटलमा पनि विशिष्ट मात्रामा फ्रडहरु हुने र नयाँ किसिमको इनोभेटिभ टेक्नोलोजिको एडभान्सहरु तीव्र एसिस लगायतमा आफ्ना ठाउँ पार गर्ने खालका प्राक्टिसहरु बढ्न थाल्यो । जस्लाई रिफ्रेस गर्नका लागि नयाँ किसिमले जानु पर्ने हामी देख्छौँ ।

हामीले कुनै काम गरिराख्दा खेरी अब यसमा हामीलाई कुनै रिक्स नै छैन भन्ने हुदैन । रिक्सहरु नयाँ नयाँ रुपमा आइरहेको हुन्छ । तिनलाई हामीले प्रिभेन्स गर्न लागी पर्नु पर्ने हुन्छ हामी सबै स्टेक होल्डरहरु । त्यसैगरी, कारवाहीको सन्दर्भमा पनि यो यस्तो सुचाई छ यस भित्रको मापदण्डको, कि हामीले कुन कुन व्यत्तिले गैर कानुनी आर्जन धेरै गर्छ ? यसलाई यस्तो कारवाही हुनुपर्छ । त्यो कारवाहीको फलस्वरुप उस्ले भोलि त्यता तिर सोच्ने हो कि भन्ने मात्रै नराखोस् । उस्ले वर्षौ वर्ष उसको सदिऔँ सन्ततिले पनि यस्तो काम त गर्न नहुने रहेछ है भन्ने खालको फिलिङ होस् भन्ने मान्यता छ । भन्नुको अर्थ यस्ता गैर कानुनी कामहरु एक ठाउँमा गरिराख्दा पनि संसार भरी यस्कोे असर पर्छ ।

त्यसैले यसलाई अन्तराष्ट्रिय रुपमा पनि क्लोस मोनिटरीङ गर्ने गरेको छ । कोअप्रेसनको ग्रुपले अन्तराष्ट्रिय समन्वय भइरहेको छ कि छैन, यी नियम कानुनहरु, यी मापदण्डको पालना भइरहेको छ कि छैन । भनेर क्लोजली वाच गर्ने गर्छ । र त्यसले अनुसन्धान गरिराख्दा हाम्रो कमी कमजोरीहरुलाई हाम्रो इभ्यालुसनहरुको रिपोर्टहरुलाई हामीले कसरी करेक्सन गरिरहेका छौँ त । त्यो हेरिरहेकोे हुन्छ ।

यदि गरेनन् भने लिस्टिङको कुरा पनि यसमा छ । त्यो लिस्टिङका पनि विभिन्न क्याटागोरीहरु छन् । सुरुमा केही अभजरभेसन दिँदै त्यसपछि रेभिसी जस्ता प्रासेजहरु हुन्छन् । हामी अहिले तेस्रो इभ्यालुसन पछि अभजरभेसन क्रेट सकिएको छ । हामी लिस्टिङको स्टेजमा छौँ । फ्रेबरी १७ देखि २१ सम्म क्लेमरी छ । त्यो क्लेमरीमा हाम्रो रिपोर्ट, पोष्ट अभजरभेसनको रिपोर्ट सबैलाई समेटिएर लिस्टिङको स्टाटस छ । हामीले चाहिँ कदमकथापी लिस्टिङ भइहाल्यो भने पनि त्यसबाट बाहिर आउनका लागि हामीसँग प्रसस्त आधारशीलाहरु बनेका छन् ।

नियम कानुन सबै छ । हामीसँग नियामवलीहरु आइसकेको छ । अस्ति १५ गते मात्रै नियामवली बनेको छ । त्यसले गर्दा हामी स्टेक होल्डरले प्रभावकारी रुपमा कार्यन्वयनमा जाने विषय छ । हामीले नेशनल एसिसमेन्टको फरदर गरेर रिक्स भएको ठाउँहरु पत्ता लगाएर ती रिक्सहरुलाई हटाउँने गरी काम गर्नु पर्छ । मलाई लाग्छ यहाँ उपस्थित सबै स्टेक होल्डरहरु आफ्ना आफ्ना ठाउँबाट खटिदिदाँ खेरी हामी चाँडो भन्दा चाँडो कदमकथाचित लिस्टिङ भइहाल्यो भने पनि चाँडो त्यसबाट निस्किने खालको राम्रो फाउन्डेशनहरु पनि बनिसकेको छ ।

हामीले हाम्रो अग्रजहरुलाई नेतृत्वकर्ता सबैलाई धन्यवाद दिनु पर्छ र सँगसँगै अबको प्लान भनेको यो इफेक्टिभनेस हो । त्यसको लागि चाहिँ यहाँ उपस्थित सबैमा त्यो ऊर्जा मिलोस् । हामी चाँडो भन्दा चाँडो ग्रे लिस्टबाट बाहिर आउँन सकु । सबैमा शुभकामना छ ।

(सम्पत्ति शुद्धीकरण निवारण रास्टृय दिवस २०८१ मा गभर्नर महाप्रसाद अधिकारिले राखेको विचार)

GBIME

प्रतिक्रिया दिनुहोस्