Skip to content
Shikhar Insurance
National Life

ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर सागर श्रेष्ठ नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा इञ्जिनियर सागर श्रेष्ठ नियुक्त भएका छन्।

उनलाई ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो। सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै उनलाई कम्पनीको नेतृत्व सुम्पिएको हो।

इञ्जिनियर श्रेष्ठ ऊर्जा क्षेत्रका अनुभवी तथा चर्चित व्यक्ति हुन्। उनले भारतको प्रतिष्ठित आईआईटी रुड़की विश्वविद्यालयबाट स्नातकोत्तर (पोस्ट ग्र्याजुएट) उपाधि हासिल गरेका छन्। साथै, नेपालका युवा इञ्जिनियरहरूबीच एक चर्चित र सम्मानित नाम हुन्।

हाल ग्रिड कम्पनीसँग करिब ११० अर्ब रुपैयाँ बराबरको ११ वटा परियोजनाहरूको पोर्टफोलियो रहेको छ। कम्पनीले नेपालको विद्युत प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। इञ्जिनियर श्रेष्ठको नेतृत्वमा कम्पनीले विकास भइरहेका परियोजनाहरूलाई सफलतापूर्वक अगाडि बढाउने अपेक्षा गरिएको छ।

उनले नेपाल इञ्जिनियरिङ परिषद्को सञ्चालक समिति सदस्यको रूपमा सेवा गरिरहेका छन् भने नेपाल इञ्जिनियरहरू संघ (Nepal Engineers’ Association) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

नेपालका विभिन्न क्षेत्रमा युवा नेतृत्व स्थापित हुने क्रम बढ्दै गएको छ। इञ्जिनियर श्रेष्ठको नेतृत्वमा ग्रिड कम्पनीले नेपालको विद्युत प्रसारण प्रणालीलाई आधुनिकीकरण गर्ने लक्ष्य लिएको छ। श्रेष्ठ काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका-७, दाप्चा निवासी हुन्।

GBIME

प्रतिक्रिया दिनुहोस्