काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कार्यकारी निर्देशक खड्काले सरकारलाई नटेर्ने र सञ्चालका समितिका निर्णयहरु कार्यान्वयन गर्ने नगरेको आरोप लगाए । उनले विद्युतको क्षेत्रमा सतप्रतिशत लगानी सरकारकै भएको समेत उल्लेख गरे । उनी आएपछि लोडसेडिङ मुक्त नभई पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत आयात गरिएको बताए ।
उनले कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कार गर्न सकिने भएपनि देवता मान्न नहुने बताए । नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहिन कुरा नगर्न उनले सबैमा आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस्