Skip to content
Shikhar Insurance
National Life

रोजगारी अभिवृद्धिको विषय सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छ: महामन्त्री शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरुले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली काँग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ शुरु गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरुले राजनीतिक विषयहरु बाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताए । उनले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरु सबै राजनीतिक दलहरुको साझा विषय बन्नुपर्ने बताए ।

रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताए ।

महामन्त्री शर्माले भने, ‘राजनीतिक दलहरुले गर्ने बहस, दलहरुको कर्म, दलहरुको एजेण्डा, दलहरुको प्रतिष्पर्धाको विषय अब राजनीतिक विषय जति छन् त्यसको अलवा, जनसरोकारको विषय, नागरिकलाई छुने विषयहरुमा जानुपर्छ । जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो । सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो । पूर्वाधार निर्माणमा बढाउनुपर्ने गति, साझा राष्ट्रिय प्राथमिकताको विषय हो । रोजगारी सिर्जना गर्ने, रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हो र नेपाली काँग्रेस पार्टी यसको अग्रसरता लिनुपर्छ ।’

महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्