Shikhar Insurance
National Life

स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ११, आईतवार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उनले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी  छिन । बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताए । सांसद शारदादेवी भट्टले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग  गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै‘दु:खका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ’, भनिन् । सरकारले हालै जारी गरेका अध्यादेशको विरोध उपयुक्त नभएको तर्क गर्दै उहाँले सबै मिलेर तिनलाई पारित गर्नुपर्ने बताइन् ।

प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाका बारेमा हालै दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाइन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्