Skip to content
Shikhar Insurance
National Life

नयाँ राजनितिक पार्टी खोल्दै एलन मस्क, ८०% नागरिकको साथ !

Hyundai
NCELL
NIMB

अमेरिका । टेस्ला र एक्सका मालिक एलन मस्कले नयाँ पार्टी बनाउने भएका छन् । आफैले जिताएका रास्ट्रपति डाेनाल्ड ट्रम्पसंग सम्बन्ध बिग्रेर ह्वाइटहाउस छाडेको केही दिनमै मस्कले अमेरिका बिचका ८०% नागरिकको प्रतिनिधित्वका लागि नयाँ पार्टीको आवश्यकता औंल्याएका हुन । मस्कले आफ्नै लगानेको एक्समा एउटा पोल खडा गर्दै के अमेरिकामा ८०% बिचका नागरिकका लागि नयाँ राजनीतिक पार्टीको आवश्यकता छ ? भनेर पोल सुरु गरेका थिए ।

मस्कको पोलमा व्यापक जनसहभागिता देखिएको छ र जसमा ८०% नागरिकले नयाँ पार्टी चाहिन्छ भन्ने पक्षमा मत जाहेर गरेका छन् । व्यापक सहभागीहरुले नयाँ पार्टी चाहिन्छ भनेपछि मस्कले द अमेरिका पार्टी भनेर अर्को पोस्ट गरेका छन् ।

ट्रम्पलाई रास्ट्रपति जिताउन महत्त्वपूर्ण भूमिका निभाएका मस्कलाई ट्रम्पले प्रशासनिक प्रभावकारिता बिभाग प्रमुखको जिम्मेवारी दिएका थिए । ट्रम्पसंग घटपट परेपछि ह्वाइटहाउस छाडेका मस्कको अहिले ट्रम्पसंग वाकयुद्द चलिरहेको छ । आफुले सहयोग नगरेको भए ट्रम्पले चुनाव हार्थे भनेर मस्कले भनिरहेका छन् । ट्रम्पले भने अब मस्कमाथी कार्वाही हुने धम्की दिईरहेका छन् ।

कुनैबेला कट्टर बिरोधि ट्रम्प र मस्कलाई रास्ट्रपति चुनावले एक बनाएको थियो । चुनावपछी दुबैले सत्तामै सहकार्य पनि गरेका थिए । अहिले भने फेरि उनिहरु जानी दुस्मन बनिरहेका छन् ।

मस्कले ट्रम्पमाथी महाभियोग लगाउनुपर्ने बताएका छन् भने ट्रम्पले मस्कको टेस्लालाई दिएको सरकारी अनुदान कटौती गरेर अर्बौं डलर जोगाउने र मस्कलाई कार्वाही गर्ने भनिरहेका छन् ।

जे होस, ट्रम्प र मस्कको झगडाले अमेरिकामा शक्तिशाली तेस्रो राजनीतिक दल जन्माउने सम्भावना भने बढेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्