Skip to content
Shikhar Insurance
National Life

विद्युत प्राधिकरणको श्वेतपत्र-कुलमानले प्राधिकरणलाई ऋणमा डुबाएको दाबी, झन्डै ४ खर्ब पुग्यो ऋण दायित्व

Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरेका छन् । शाक्यले कार्यभार सम्हालेको १ महिना पुरा भएपछि श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्रमा पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई ऋणमा डुबाएको देखाइएको छ । प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेत पत्रमा भनिएको छ, ‘नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ रू. १ खर्ब ७१ अर्ब ४ करोड गरी रू. २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालिन ऋण रहेको छ जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो । प्राधिकरणको कुल दायित्व करिब रू. ३ खर्ब ८५ अर्ब रहेको छ ।’

यसको अलावा, २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व रू. ६९ अर्ब ५७ करोड रहेको छ । प्राधिकरण विरुद्ध विभिन्न अर्ध न्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकम सहितका मुद्दाहरुको सम्भावित दायित्व २०८१ फाल्गुन मसान्तसम्म रु. ८ अर्ब ४० करोड पुगेको छ ।

यसैगरी, प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवर्द्धनका लागि कुल रु. ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत प्रदान गरेको छ । बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा रु. १० अर्ब सम्म अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको छ ।
नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज रु. २९.५ अर्ब र टनकपुर विद्युत बापत रु. ३ अर्ब गरी कुल रु. ३२.५ अर्ब दायित्व बाँकी रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्