काठमाडौं । विद्युत प्राधिकरणले ९ करोड ७ लाख ६ हजार ९ सय रुपैयाँको संस्थापक सेयर किन्न स्वीकृति पाएको छ । भारतीय भुभागमा प्रसारण लाइन विस्तारका लागि प्राधिकरणले सेयर किन्न अनुमति पाएको हो ।
सरकारले ढल्केबर- -मुजफ्फरपुर ४०० के. भि. अन्तर्देशीय विद्युत प्रसारण लाइन अन्तर्गत नेपाल-भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड) को प्रसारण लाइन निर्माणको लागि लगानी गर्ने सहमति भएको थियो ।
प्रसारण लाइन विस्तारको लागि स्थापना भएको क्रस ब्रोडर पार ट्रान्समिसन (CPTC) कम्पनीको बिक्रीमा रहेको IL& FS Energy Development Company Limited (IEDCL) को संस्थापक शेयरको नेपाल विद्युत प्राधिकरण किन्ने भएको हो । प्राधिकरको हिस्सामा पर्ने २९ ला ७३ हजार १६३ कित्ता संस्थापक शेयर प्रति कित्ता भा. रू. १९.०५ दरमा खरिद गर्न प्राधिकरणले स्वीकृति पाएको हो ।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा (२) बमोजिम नेपाली रुपैयाँ ९ करोड ७ लाख ९६६ रुपैयाँ लगानी गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने मन्त्रिपरिषदबाट निर्णय गरी राजपत्रमा सूचना प्रकाशन भएको हो ।
प्रतिक्रिया दिनुहोस्