Skip to content
Shikhar Insurance
National Life

बालेन र रास्वपालाई मिलाउने प्रयास: ८४ मा सके बहुमत, नसके ठूलो दल

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिलाउने प्रयास सुरु भएको छ । पुराना शक्तिहरुले नयाँ राजनीतिक शक्तिहरुलाई घेरा बन्दी गर्न थालेपछि बालेन र रास्वपालाई मिलाउने प्रयास सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर साहलाई उप मेयर सुनिता डंगोल, वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाइँले घेरा बन्दी गरिरहेका छन् । उता, रास्वपा सभापति रबि लामिछानेलाई सहकारी ठगि मुद्धा लगाएर ८४ सालसम्मै जेलमै राख्ने अवस्था बनिरहेको छ । नयाँ शक्तिहरुलाई ८४ सालको निर्वाचन अघि नै तितरबितर बनाउने षडयन्त्र भएको भन्दै बालेन र रास्वपालाई मिलाउने प्रयास अघि बढेको हो । ‘पुराना दलहरुको संरचना निकै बलियो देखियो, उनीहरुले योजनावद्ध रुपले नयाँहरुलाई घेरा बन्दी गरिरहेका छन् । रबि लामिछानेलाई ८४ सालसम्मै थुनामै राख्ने तयारी देखियो, बालेनलाई पनि घेराबन्दी गरेर चल्न चटपटाउन नदिने अवस्था बनिसकेको छ, अब रास्वपा र बालेनको टिम मिलेर अघि बढ्नुपर्छ भन्ने छ’, रास्वपा उच्च स्रोतले भन्यो ।

रबि लामिछानेलाई पूर्वाग्रह साँधेर थुनामा पठाएको सेन्टिमेन्ट, बालेनको स्टारडम, डा. स्वर्णिम वाग्लेको विशेषज्ञता र डिपी अर्यालको संगठन बनाउने क्षमतालाई जोडेर अघि बढ्ने तयारी उनीहरुको छ ।

सहकारी ठगि प्रकरणमा रबि लामिछाने पक्राउ परे लगत्तै रास्वपा शिर्ष नेतृत्व र बालेनबिच मिलेर अघि बढ्नेबारे छलफल भएको स्रोत बताउँछ । तर त्यतिबेला बालेनमा पनि आफ्नो स्टारडम प्रति अधिक विश्वास देखिएको र रास्वपामा पनि रबि लामिछानेको बिकल्पमा बालेनलाई अघि सार्नेबारे एकमत देखिएको थिएन् ।

अहिले भने बाध्यताले बालेन र रास्वपालाई एक ठाउँ ल्याउन खोजेको स्रोतहरुको दावी छ ।

‘अहिलेकै अवस्था निरन्तर रहेमा ८४ सालको निर्वाचन अघि नै नयाँ शक्तिहरु किनारा लाग्ने अवस्था छ, बालेन र रास्वपा मिलेर अघि बढ्दन ८४ मा सके बहुमत नसके पनि संसदको ठूलो दल बनाउन सकिन्छ, अब मिल्नुपर्छ ।’, रास्वपाका ति नेताले भने ।

अहिले रबि लामिछानेलाई षडयन्त्रपूर्वक थुनामा पठाईएको भनेर रास्वपाले सेन्टिमेन्ट लिने, बालेनको स्टारडममा युवा पुस्ता र शहरी मतदातालाई आकर्षित गर्ने, डा. स्वर्णिम वाग्लेहरुको बिशेषज्ञतालाई प्रयोग गरेर मध्यमवर्ग र उच्चवर्गको मन जित्ने गरि अघि बढ्नुपर्ने निष्कर्ष नजिक उनीहरु पुगेको बताइन्छ ।

रास्वपा नेता दिनकर नेपालले त समाजिक सञ्जालबाटै रास्वपा र बालेन मिलेर अघि बढ्नुपर्ने धारणा राखिकेका छन् । रास्वपा र बालेन टिमको उच्च तहमा भने अनौपचारिक छलफल भैरहेको बुझिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्