Skip to content
Shikhar Insurance
National Life

शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ: प्रधानमन्त्री ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउँदै शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुन: विचार गर्नुपर्ने बताए । मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुन:विचार गर्न जरुरी रहेको बताए । शिक्षालाई आम जनताको पहुँचमा पुर्‍याउन जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले एजुकेसनको सन्दर्भमा आमुल परिवर्तन गर्नुपर्नेछ । केही केही धेरै नमिलेका कुराहरु छन् । मेडिकल एजुकेसनमा ७५ प्रतिशत स्कलरसिप दिएका छौँ । र ४५ देखि ५० लाखको खर्च व्यहोर्ने, अब हामी थप गेटा खोल्दैछौँ । त्यहाँ फेरि विद्यार्थीको ७५ प्रतिशत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोटा बढाउँदैछौँ । अरु स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु खोल्दैछौँ । अरु विश्वविद्यालयहरु खोल्दैछौँ । त्यसो भएपछि स्वास्थ्य शिक्षमा खासगरी युजीमा हामीले दिने गरेका छौँ । धेरै असन्तुलित र एकतर्फ बजेट बेस्सरी खन्याउने र अर्कोतर्फ शिक्षा के भइरहेको छ भन्नेकुरामा बढी ध्यान नजाने कुरा भइरहेको छ, यसमा पुन:विचार गर्नैपर्छ ।’

प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्