काठमाडौं । राजावादी आतंकका मुख्य नाइके दुर्गा प्रसाईले आफूलाई मार्न प्रधानान्त्री केपी ओली शर्माले ‘सार्प सुटर’को प्रयोग गरेको बताएका छन् । फरार भएका भनिएका प्रसाईले एक भिडियो सन्देश मार्फत आफूलाई मार्न सुटर प्रयोग गरेपछि ज्यान जोगाउन भाग्नु परेको बताएका हुन् ।
उनले भिडियोमा भनेका छन्, “मलाई मार्न प्रधानमन्त्री ओलीले सार्प सुटर प्रयोग गरेका छन्, चैत १५ गते तिनकुने मै मार्नका लागि सार्प सुटरको प्रयोग भएको थियो, मेरो कानको छेवैबाट गोली गयो । यो थाहा पाएपछि मैले मेरो ड्राइभरलाई उतारेर प्रहरीलाई पेलेको हुँ ।” उनले प्रधानमन्त्री ओलीले जहाँ देख्यो त्यहि गोली हान्न आदेश दिएको दाबी गरेका छन् ।
आफूलाई मार्ने योजना थाहा पाएपछि मात्रै ज्यान जोगाउन पुलिसको घेरा तोडेर अघि बढेको बताएका छन् । उनले भनेका छन्,”प्रहरीप्रति मेरो कुनै दुष्मनी छैन, म माफी माग्न चाहान्छु मत काठमाडौं मै छु, म कुनै मन्दिरमा छु । सुरक्षित छु । म प्रहरीलाई भन्न चाहान्छु मलाई खोज्नु पर्दैन । म नेपाल छाडेर भाग्दिन । बरु म मर्नु परे म नेपालमै मर्छु ।”
उनले चैत १५ गतेको आन्दोलनमा सरकार पक्षले दमन गरेको दाबी गरेका छन् । सभा नै गर्न नदिइ राज्यपक्षबाट दमन भएपछि आफूले आतंक मच्याउन विवश भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्