काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समयमै पर्याप्त कानूनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पती शुद्धिकरणको सघन अनुगमन सूचिमा परेको बताएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । उनले परम्परागत खेती प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा कृषि क्षेत्रको उत्पादकत्व न्युन रहेको बताए । युवामा खेती गर्ने आकर्षण बढ्न नसकेको बताए ।
नवप्रवर्द्धन र प्रविधिकमो उपयोगको कमी, न्युन उत्पादकत्व र अधिक उत्पादन लागतले गर्दा कुल राष्ट्रिय आयमा उत्पादनमुलक क्षेत्रको योगदान अपेक्षा गरेअनुरुप हुन नसकेको बताए ।
समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमतमा सञ्चालन हुन नसकेको पनि बताए । भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिविम्वित हुन नसक्दा उत्पादन वृद्धिमा वाञ्छित योगदान पुग्न नसकेको बताए ।
उनले भने, ‘समयमै पर्याप्त कानूनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पती शुद्धिकरणको सघन अनुगमन सूचिमा परेको छ । परम्परागत खेती प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा कृषि क्षेत्रको उत्पादकत्व न्युन रहेको छ भने युवामा खेती गर्ने आकर्षण बढ्न सकेको छैन ।;
;नवप्रवर्द्धन र प्रविधिकमो उपयोगको कमी, न्युन उत्पादकत्व र अधिक उत्पादन लागतले गर्दा कुल राष्ट्रिय आयमा उत्पादनमुलक क्षेत्रको योगदान अपेक्षा गरेअनुरुप हुन सकेको छैन । समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमतमा सञ्चालन हुन सकेको छैन । भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिविम्वित हुन नसक्दा उत्पादन वृद्धिमा वाञ्छित योगदान पुग्न सकेको छैन; उनले थपे ।
अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको नकारात्मक असर कृषि, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा बढ्दै गइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्