Skip to content
Shikhar Insurance
National Life

मदिरा र इभी गाडी बिक्रेतालाई दोहोरो फाइदा, चार्जिङ स्टेशनका लागि भ्याट छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । मदिरा उद्योगी र विद्युतिय गाडी प्रर्वद्धनमा बजेटले दोहोरो सहयोग गरेको छ । विद्युतिय गाडी र मदिरामा बजेटले कर वृद्धिलाई अस्वीकार गरेको छ ।

सरकारलाई स्रोतको दबाबबिच विद्युतिय गाडीमा कर वृद्धि हुने अनुमान गरिएको थियो । तर आर्थिक ऐन २०८२ ले इभी गाडी बिक्रेतालाई सप्राइज दिंदै कर दर यथावत राखेको हो ।

अन्य वर्षहरुमा झै कर दर वृद्धि हुने भन्दै व्यवसायीहरुले जेठ १४ अघि मात्रै ५ हजार गाडी स्टक गरेका थिए । यसैगरी, विद्युतिय गाडीको चार्जिङ स्टेशन निर्माण सामाग्रीमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएका छन् ।

कर वृद्धि नहुँदा र भ्याट छुटले इभी व्यवसायीहरुलाई दोहोरो फाइदा पुगेको छ । यसैगरी, स्वदेशी मदिरा उद्योगीलाई पनि दोहोरो फाइदा पुगेको छ । यो पटक मदिरा तथा बियरमा कर बढाउन मन्त्री पौडेलले अस्वीकार गरेका छन् । यस्तै विदेशी मदिरा आयातमा कर लिटरमा लाग्दै आएकोमा अब मूल्यमा लगाउने निर्णय गरेको छ । मूल्यमा कर निर्धारण गर्दा पहिलेको भन्दा बढी रकम पर्ने हुँदा विदेशी मदिरा महँगो पर्न जान्छ । यसले स्वदेशी मदिराको बजार विस्तारमा सहयोग पुग्दछ ।

यस्तै, विदेशी चुरोट आयातमा समेत भन्सार महसुल बढाइएको छ । स्वदेशी चुरोटमा पनि कर बढाएको छ । डिजिटल भुक्तानीमा लगाएको भ्याट भने हटाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्