काठमाडौं । लागुऔषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्युनिकरणका लागि आवश्यक कदम चाल्नुपर्ने बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताएका हुन् ।
उनले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताउँदै युवाहरु लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको जनाए ।
मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार हुनु दु:खद् भएको बताए । सबैले लागुऔषध दुव्र्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो साझा समस्या लागुऔषध हो । अहिले हाम्रो समाज आक्रान्त भएको छ । हाम्रा युवाहरु लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगेका छन् । हामीले मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार भएको छ । सम्भावित भविष्यको अन्त्य भएको छ । सबैले लागुऔषध दुव्र्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यसबाट आक्रान्त करिव ८० प्रतिशत युवाहरु रहेका छन् । यसले लागुऔषधको दुव्र्यसनीले युवा पिँढीको भविष्य अन्त्य गरेको छ । यसले ठूलो धनराशी नेपाल बाहिर गएको छ । यसमा नेपाल प्रहरीलाई रचनात्मक सहयोग गर्नुपर्छ ।’
प्रवक्ताले नेपाल प्रहरीमा १८ हजार थप दबरन्दी आवश्यक रहेको बताए । नेपाल प्रहरीको आफ्नै कार्यालय भवन नभएको प्रहरी इकाइ ७ सय ९१ वटा रहेको उल्लेख गरे । २७ हजार ७ सय ८८ जनशक्ति आवश्यक रहेको बताउनु भयो । नेपाल प्रहरीले २४ घण्टामा ४ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९ स्थानमा, पिकेट १ हजार १ सय ६८ वटा हुने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्