Skip to content
Shikhar Insurance
National Life

नेपाल क्यान मुभ प्रालीको अनुसन्धानमा डीआरआईको गम्भिर त्रुटी, सिंगापुरमा रहेको सर्भरलाई किन लेख्यो अष्ट्रेलिया ?

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभाग (डीआरआई) ले केहि दिनअघि नेपाल क्यान मुभ प्राली विरुद्ध मुद्दा दायर गर्यो । मुद्दा दायर गरेपछि प्रेस विज्ञप्ती जारी गर्दै विभागले अष्ट्रेलियामा सर्भर राखेर विवरण लुकाएको प्रालीमाथि आरोप लगायो ।

अधिकांस संचार माध्यमहरुले पनि अष्ट्रेलिया सर्वर राखेर कर छलि गरेको समाचार सम्प्रेषण गर्यो । तर कम्पनीको वास्तविक सर्भर भने सिंगापुरमा रहेको तथ्य सार्वजनिक भएको छ । सर्भर परिक्षण गर्ने सजिलो तरिका भएपनि अनुसन्धान अधिकृतहरुले गलत सुचना राखेको पाइएको हो ।

विभागले २०८२ असार १ गते जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘प्रस्तुत मुद्दामा कार्गो तथा कुरियर व्यवसाय गर्ने प्रतिवादीहरुले व्यवसायिक कारोबार गर्न एनएमसी पोर्टल (NMC portel) (portel.nepalcanmove.com) आव २०७६/०७७ देखिनै संचालनमा ल्याएकोमा नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा बिक्री लुकाउने छिपाउने कार्य गरेको’ भनि उल्लेख छ ।

विभागको विज्ञप्तिको जाँच गर्दा भने प्रालीको सर्भर अष्ट्रेलियामा नभएर सिंगापुरमा देखिएको छ ।

स्रोतका अनुसार प्रालीका केहि संचालक अष्ट्रेलियामा रहेको सुइको पाएपछि अनुमान कै भरमा सर्भर अष्ट्रेलियामा रहेको लेखिएको हो । कुनैपनि कम्पनीको सर्भर पत्ता लगाउन डीएनएस र आइपी जिओलोकेशन (DNS lookup anf IP geolocation) मार्फत सजिलै पत्ता लगाउन सकिन्छ । तर विभागले सनसनी मच्चाउन सामान्य तथ्य परिक्षण समेत नगरेको कम्पनीको दाबी छ ।

कम्पनी स्रोतले भन्यो, ‘हामीले अनुसन्धानको क्रममा सबै तथ्य र तथ्यांकहरु पेश गरेका छौं, कुनै कुरा लुकाएका छैनौं यदि हामीलाई नै सोधेको भए साँचो कुरा खुल्दथ्यो तर यहाँ तथ्यलाई नै तोडमोड गरी सनसनी मच्याउने काम भएको छ।’

आन्तरिक राजस्व विभागले भने कम्पनीले कर छलि गर्न सर्भर र डाटा लुकाएको डीआरआईको आरोपलाई अस्वीकार गरेको छ । विभाग स्रोतले भन्यो, “प्रालीको सुरुआती वर्षहरुमा व्यापार धेरै थिएन, तर पछिल्लो केहि वर्ष यता कम्पनीले राम्रो व्यापार गरेको छ, १० करोड भन्दा बढि भन्दा बढि कारोबार गर्ने कम्पनीलाई विभागको सेन्ट्रल बिलिङ प्रणालीमा आवद्ध हुनैपर्छ र प्राली आवद्ध भएको पनि छ । कम्पनी नियमित कर विवरण बुझाउने कम्पनीको सूचीमै पर्छ ।”

नेपालमा अधिकांस कम्पनीहरुको सर्भर विदेशमा नै रहने गरेको छ । उदाहरणका लागि अनलाइ सपिङ कम्पनी ‘दराज’ को पनि सर्भर विदेशमा नै रहेको छ । सर्भर नेपालमै राख्नका लागि कुनैपनि कानुनले भनेको पनि छैन ।

नेपालमा भरपर्दो डाटा सेन्टर नहुँदा अधिकांश कम्पनीले सर्भर विदेशमा राख्नुपर्ने बाध्यता छ, तर विभागले भने यो विषयलाई कर छलिसँग जोडेर प्रस्तुत गरेको छ ।

यसरी जाँच गर्न सकिन्छ सर्भरको स्थान

सर्भरको स्थान जाँच गर्न दुई चरणमा गर्न सकिन्छ । डोमेन नेम सिस्टम (DNS) बाट ip एड्रेस इन्टरनेट प्रोटोकल एड्रेस मा जानु पर्छ । यसरी https://dnschecker.org/   मा गएर आइपी एड्रेस राखी सर्भरको लोकेशन पत्ता लगाउन सकिन्छ । यस्तै, दोस्रो तरिका अनुसार https://dnschecker.org/ip-location.php  मागएर आइपी एड्रेस राखेर जिओलोकेशन प्राप्त गर्न सकिन्छ ।

डिआरआईले सर्भर विदेशमा राख्नु अस्वाभाविक भनेको छ, तर नेपालका अन्य ठूला कम्पनीहरूले पनि सर्भर नेपालबाहिर राख्छन्। यसको मुख्य कारण हो । नेपालमा भरपर्दो टायर ४ (tire-4)डाटा सेन्टरको अभाव हुनु । उदाहरणका लागि दराज नेपालको पनि सर्भर सिंगापुरमा रहेको छ । गाउँबेशी लजिष्टिकको सर्भर भारतमा देखिन्छ । नेपाल क्यान मुभ प्रालीको सर्भर सिंगापुरमा देखिन्छ ।

कर तिर्छु भन्दा पनि राजस्व अनुसन्धानको स्टार्ट अप कम्पनीमाथि ह्यारेस्मेन्ट, कुरा नमिलेपछि कर्मचारी थुनेर बार्गेनिङ..

GBIME

प्रतिक्रिया दिनुहोस्