Skip to content
Shikhar Insurance
National Life

गभर्नर बन्ने पक्का भएपछि डा.विश्व पौडेलले सिफारिस समितीबाट दिए राजीनामा

Hyundai
NCELL
NIMB

काठमाडौं । गभर्नर सिफारिस समितीबाट डा. विश्व नाथ पौडेलले राजीनामा दिएका छन् ।

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर बन्ने पक्का भएपछि पौडेलले सिफारिस समितीबाट राजीनामा दिएका हुन् । पौडेलको राजीनामाबारे अर्थमन्त्रीको सचिबालयले पुष्टि गरिसकेको छ । प्रधानमन्त्री केपि ओलि र काङ्ग्रेस सभापति शेर बहादुर देउबाबिच शनिबार राती पौडेललाई गभर्नर बनाउने सहमती भएको थियो ।

गभर्नर सिफारिस प्रक्रियामा चित्त नबुझेपछी यसअघि पुर्व गभर्नर बिजयनाथ भट्टराईले सिफारिस समितीबाट राजीनामा दिएका थिए । भट्टराईले राजीनामा दिएपछि सिफारिस समितिमा पुर्व गभर्नरको तर्फबाट महाप्रसाद अधिकारी सदस्य नियुक्त भएका छन् । अधिकारीले सिफारिस समितिमा बस्नु गैर कानुनी भएको भन्दै सर्बोच्च अदालतमा मुद्दा परेको छ ।

गभर्नर बन्ने दौडमा नरहेका पौडेललाई गभर्नर बनाएर सत्ता गठनबन्धनले बिशेष सन्देश दिन चाहेको देखिन्छ । कामु गभर्नर निलम ढुंगाना, राजीनामा दिएर बसेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाममा सहमती हुन सकेको थिएन । ज्ञानेन्द्र ढुंगाना, डा. प्रकाश श्रेष्ठले पनि गभर्नर बन्ने योजना सहित आफ्नो पुर्व जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

अहिलेसम्म गभर्नर बन्नका लागि राजीनामा दिनेको संख्या चार पुगेको छ । गभर्नर नियुक्ति प्रक्रियाका कारण भने पाँच जनाले राजीनामा दिईसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्