Skip to content
Shikhar Insurance
National Life

बजेटपछि बजारमा ‘डाउनफल टेन्डेन्सी’, ५२ अंकले बजार घट्दा २९ अर्ब काराेबार

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका बुल अर्थमन्त्री भनेर चिनिएका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बजेट ल्याएपछि सेयर बजरमा सुधार आउने आशा राखेका लगानीकर्ताहरु बजेट पछि निराश भएका छन् ।

जेठ १५ गते बजेट आएपछिको कारोबार दिन नगन्य अंकले बजार बढेपनि त्यस पछिका कारोबार दिनमा बजारमा डाउनफल टेन्डेन्सी देखा  परेकाे छ । बजेट भाषण पछि सोमबारबाट बजार खुलेपनि बजारमा डाउनफल टेन्डेन्सी देखा पर्दा चार कारोबार दिनमा ५२ अंक भन्दा धेरैको गिराबट आएको हाे ।

अघिल्लो साता १७.४४ अंकले बढेको बजार बजेट पछि लगातार ओरालो लाग्दा ५२.१ अंकले घटेर २६४०.९६ बिन्दुमा पुगेगेको छ । ६ करोड ८४ लाख ६१ हजार ६ सय १२ कित्ता सेयर किनबेच हुँदा २९ अर्ब ४ करोड १ लाख ५ हजार ४ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

यस्तो छ साताको पुँजीबजार :

साताको दोस्रो दिनबाट कारोबार सुरु भएको यो साता  जेठ १९ गते साेमबार सेयर बजारमा नगन्य बढाेत्तरी भएकाे थियाे । जम्मा  १.६ अंकले बजार बढेर २६९४.६६ बिन्दुमा पुगेकाे थियाे ।

सोमबार ३ सय १४ कम्पनीको २ अर्ब २० करोड ३१ हजार ८ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार १ सय १५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३३ कम्पनीको सेयर मूल्य बढेको छ ।

साथै, सो दिन दुई कम्पीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो एक कम्पनीको सेयर मूल्य ६.२४ प्रतिशतले घटेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात जेठ २० गते सेयर बजार ३५.७३ अंकले घटेर २६५८.९३ को बिन्दुमा पुगेर बन्द भएको थियो ।

मंगलबार ३ सय १५ कम्पनी १ करोड ५५ लाख ३८ हजार ४ सय १७ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३ सय २४ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २ सय १४ कम्पनीको सेयर मूल्य घटेको थियो ।

साथै, सो दिन २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्य ४.३८ अंकले घटेको थियो ।

साताको चौथो कारोबार दिन अर्थात जेठ २१ गते ११.९७ अंकले घटेर २६४६.९५ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार ३ सय १३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४ सय ६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५ सय २२ रुपैयाँ बराबर संकलन भएको थियो । बुधबार ६६ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८१ कम्पनीको सेयर मूल्य घटेको थियो भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, सो दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात जेठ २२ गते सेयर बजार ५.९९ अंकले घटेर २६४०.९६ मा पुगेको हो ।

बिहीबार ३ सय ११ कम्पनीले ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६ सय ६३ रुपैयाँको १ करोड ७१ लाख ८ हजार ८ सय ९ कित्ता सेयर किनबेच गरेको छ । सो दिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बिहीबार ४ कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडको सेयर ९.७६ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्