काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ मा पुगेको हो ।
आइतबार ३ सय १३ कम्पिनीको १ करोड ९९ लाख ९२ हजार १ सय ८१ कित्ता सेयर किनेबच हुँदा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय २३ रुपैयाँ रहेको छ ।
आइतबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै, आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्