काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार ३ सय २२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २ सय ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार नेपाल रिपब्लिक मिडियाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ६ सय ३ रुपैयाँ पुगेको छ ।
साथै, सोमबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्