काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १:१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो।
साथै, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गर्न भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्