Shikhar Insurance
National Life

चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै दोर्दी खोला जलविद्युत

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २५, आईतवार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । दोर्दी खोला जलविद्युतले सेयरधनीहरुका लागि चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १:१ अनुपात अर्थात् सतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री खुलाउनेछ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद सेयर जारी गर्न फागुन १५ गते बुकक्लोज गरेको थियो । लगानीकर्ताले २०८१ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्