Skip to content
Shikhar Insurance
National Life

दोर्दी खोला जलविद्युतले पुन: खुल्ला गर्‍याे हकप्रद सेयरका लागि आवेदन

Hyundai
NCELL
NIMB

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुन: हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला अवधि थप गरेको छ । कम्पनीले चैत १९ गतेदेखि बैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा पुन: आवेदन खुल्ला गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

अब कम्पनीको हकप्रद सेयरमा बैशाख १२ अर्थात् आजदेखि बैशाख १४ गते आइतबारसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्