Skip to content
Shikhar Insurance
National Life

अमेरिकी अनुदान एमसिसीले नेपालमा पायो निरन्तरता, डोनाल्ड ट्रम्पले दिए अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ । गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै बेला

लागू गरिएको ९० दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि रोक्न निर्देशन दिएका थिए । सो निर्देशनपछि सो आयोजना अघि बढ्ने या नबढ्ने विषयमा अन्योल बनेको थियो ।

एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य तथा संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।

अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै भ्रष्ट मुलुक नेपाल भएको भन्दै एमसीसी रोक्न निर्दशन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्