Shikhar Insurance
National Life

बैंक र ऋणीबिच विवाद: फागुनमा मात्रै ६७ वटा मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १४:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणीबिच विवाद बढ्दै गएको छ । गत महिना (माघ) को तुलनामा फागुनमा मुद्दा दर्ता बढेको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ को फागुनमा ऋण असुली न्यायधिकरणमा ६७ वटा मुद्दा दर्ता भएका छन् । जुन माघको तुलनामा १३ वटाले बढी हो । गत महिनामा जम्मा ५४ वटा मुद्दा दर्ता भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार फागुन महिनामा जम्मा १७ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने ३ को मिलापत्र भएको छ । त्यस्तै, फागुन महिनासम्ममा ७ सय ३८ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

त्यसैगरी, फागुन महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु २९ वटा रहेका छन् । २०८१/०८२ को फागुन महिनाको कुल असुली रकम १४ करोड ५६ लाख ६४ हजार ३०७ रुपैयाँ रहेको छ ।

चालु आव २०८१/०८२ को सातौँ महिना (माघ) मा ऋण असुली न्यायधिकरणमा जम्मा ५४ वटा मुद्दा दर्ता भएको थियो । जुन गत महिना (पुस) को तुलनामा ४८ वटाले कम हो । पुसमा यस्तो मुद्दा १०२ वटा दर्ता भएको थियो ।

यी मुद्दाहरुबाट बैंक तथा वित्तीय संस्थाले अर्बौं कर्जा असुल गर्नुपर्ने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्