काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणीबिचको विवाद घटेको छ । अघिल्लो महिना (पुस) को तुलनामा माघमा मुद्दाको चाप घटेको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को सातौँ महिना (माघ) मा ऋण असुली न्यायधिकरणमा जम्मा ५४ वटा मुद्दा दर्ता भएका छन् । जुन गत महिना (पुस) को तुलनामा ४८ वटाले कम हो । गत महिना (पुस) मा १०२ वटा मुद्दा दर्ता भएको थियो ।
न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार माघ महिनामा जम्मा २६ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने १ को मिलापत्र भएको छ ।
२०८१/०८२ को माघ महिनाको कुल असुली रकम २ करोड ९ लाख ९५ हजार ८९१ रुपैयाँ रहेको छ । हालसम्म कुल ३६ अर्ब २७ करोड ५८ लाख ३१ हजार रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्