काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा नेपाल रहेको बताउँदै सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्नसक्ने जिकिर गरे ।
सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले भने, ‘प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा हामी रहेकोले विपद्को तयारी, जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था छ । यि क्षेत्रमा प्राप्त हुने सहयोगले हामीलाई सुरक्षित भविष्य निर्माणमा मद्दत गर्नेछ । सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा सेपिएफले जोड दिएको विषयलाई म स्वागत गर्न चाहन्छु । बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्न सक्छन् । हामी सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध छौँ ।’
उपप्रधानमन्त्री पौडेलले प्रक्रियागत सरलीकरण गरी आयोजनाहरु समयमै प्रभवाकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्