Shikhar Insurance
National Life

डिजल र मट्टितेलमा एकै पटक ४ रुपैयाँ घट्यो, पेट्रोलमा बढ्यो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार ०७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । आयल निगमले १५ दिनको लागि मूल्य समायोजन गरेको छ । निगमले फागुन ४ गतेदेखि लागू हुन् गरेर मूल्य समायोजन गरेको छ ।

समायोजित मूल्य अनुसार डिजल र पेट्रोलमा एकैपट प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ । पेट्रोलमा  भने १ रुपैयाँ बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इण्डियन आयल कर्पोरेशनबाट १५ फेब्रुअरी, २०२५ (फाल्गुन ०३, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५८ ले बढेर र डिजेलमा रु. ३.५९  ले घटेर आएको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी, २०२५ (मिति २०८१/११/०४) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु. १/- (एक) ले बढाईएको र डिजेल / मट्टितेलमा प्रति लिटर रु. ४/- (चार) ले घटाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्