काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने दिन नजिकिदै जादाँ गभर्नरको विषयलाई लिएर नेकपा एमालेभित्र दबाब बढेको छ । प्रधानमन्त्री अर्थमन्त्री दुबै एमालेबाट हुदाँ पनि सार्वजनिक नियुक्ति भने खुरुखुरु बिचौलियालाई सुम्पिन थालेपछि पार्टीभित्र दबाब बढेको हो ।
अर्थ मन्त्रालय अन्तर्गतको धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज बिचौलिया र नेपाली काँग्रेसलाई जिम्मा दिएको छ । गभर्नर नियुक्तिमा पनि एमालले आफ्नो अडान लिएन भने त्यसले पार्टीभित्र ठूलो असन्तुष्टि सृजना गर्नेछ ।
एमालेको एक व्यवसायिक संस्थामा रहेका एक उच्च नेताले सिंहदरबारसँग भने, “अब त हामी एमाले भन्नु र पार्टी सरकारमा छ भन्नु पनि लाज भैसक्यो, प्रधानमन्त्री आफ्नो अर्थमन्त्री आफ्नो तर नियुक्ति भने सबै अन्य पार्टीहरुले लिइरहेका छन्, यसले पार्टीभित्र ठूलो असन्तुष्टि सृजना गरेको छ यतिमात्रै होइन पार्टीका नेताहरुले बिचौलियाबाट अपमान समेत बेहोर्नु परेको छ।”
प्राधिकरणसँग गभर्नर साटिएको हो ?
अर्थ मन्त्रालय अन्तर्गतका तीन वटा नियुक्तिहरुमा काँग्रेस निकटहरुले नियुक्ति पाइसकेका छन् । एमालेले गभर्नर पक्का पाउँछ भनेर बसेका एमालेहरु पछिल्लो राजनितिक घटनाक्रमले त्रसित बनेका छन् । सोमबार (चैत ११गते) बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकणमा एमाले निकट हितेन्द्रदेव शाक्यलाई नियुक्ति दिएपछि एमालेले गभर्नरसँग प्राधिकरण साटेको चर्चा चुलिएको छ ।
राजनितिक नियुक्तिमा लचिलो बन्दै आएका प्रधानमन्त्री ओलीले प्राधिकरणमा भाग लिएपछि गर्भनर साटेको चर्चा चुलिएको हो । काँग्रेस निकट स्रोतका अनुसार काँग्रेसबाट कुनैपनि पात्र कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशक बन्न तयार नभएपछि दिपक खड्काले जोखिम उठाएको बताउँछन् ।
“कुलमानसँगको विवादमा विगत ८ महिनादेखि खडेरी झेल्नुपरेपछि उर्जा मन्त्री दिपक खड्का अतालिएका थिए स्रोतले भन्यो, कुलमानको विकल्पमा विवादित व्यक्ति बाहेक अन्य कोहि पनि प्रमुख बन्न अस्वीकार गरेपछि बाध्य भएर एमालेलेलाई दिएको हो, मेरो विचारमा गभर्नरका लागि एमालेकै पात्र फिक्स भैसकेको छ ।”
स्रोतका अनुसार काँग्रेस निकट एक व्यक्तिलाई कुलमानले सिसाको गिलासले प्रहार गरेको घटना काँग्रेस सभापति शेर बहादुर देउवालाई ब्रिफिङ भएको थियो । सो विषयमा देउवा कन्भिन्स भएपछि कुलमान हटाउन राजी भएका हुन् । हितेन्द्रदेवलाई काँग्रेस र एमाले दुबैको साझा हुनेगरी नियुक्ति दिएको स्रोतको दाबी छ । यसमा गभर्नर नजोडिने स्रोतको दाबी छ ।
१ हप्ता अघि नै गभर्नर फिक्स !
फागुन २१ गते मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्ति गर्न सिफारिस समिति बनाउन सहमति गरेको थियो । तर समितिमा बस्ने व्यक्तिहरुलाई पहिले नै सार्वजनिक गर्दा दबाब बढ्ने भन्दै २ हप्तासम्म सरकारले औपचारकि रुपमा सार्वजनिक गरेको थिएन ।
चैत ११ गते बसेको मन्त्रिपरिषद बैठकले गभर्नर छनोट समितिलाई औपचारिकता दिएको छ । समितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, अर्थविद डा. विश्वनाथ पौडेल र पुर्व गभर्नर विजयनाथ भट्टराई छन् । अर्थमन्त्री निकट स्रोतका अनुसार नयाँ गभर्नर १ हप्ताअघि नै फिक्स भैसकेको छ । स्रोतले भन्यो, “गभर्नर १ हप्ता अघि नै ‘लक’ भैसकेको छ, मन्त्रिपरिषदको औपचारिक निर्णयपछि मिति मात्रै मिलाउने हो, अरु काम सक्किसकेको छ।”
ती स्रोतका अनुसार यो पटकको गभर्नरमा राष्ट्र बैंक बाहिरकै पात्र आउन सक्नेछन् । गभर्नर सिफारिसका लागि सार्वजनिक सूचना जारी गर्न नपर्ने भएकाले समित व्यक्तिसँग मात्रै समितिले छलफल गर्नेछ । राष्ट्र बैंकका २ जना डेपुटी गर्भनर मध्ये डा. निलम ढुङगाना तीनजना भित्र पर्न सक्ने सम्भावना छ ।
उनले आफू निकट व्यक्तिहरुलाई चार पटक बिचौलियाहरुसँग भेट गरिसकेको बनाउने गरेकी छिन् । बिचौलियाबाट राम्रो समर्थन प्राप्त गरेको डेपुटी ढुङगानाले आफन्तहरुलाई बताउने गरेका छन् । सबैतिरको माहोल आफ्नै पक्षमा रहेको ढुङगानाले दाबी गर्ने गरेकी छिन् ।
यस्तै, राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्टको नाम उत्कृष्ट तीनमा समावेश पर्न सक्ने स्रोतको दाबी छ । यसबाहेक डा. प्रकाश श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी (सिइओ)अधिकृत ज्ञानेन्द्र ढुङगाना र प्रभु बैंकको सिइओ अशोक शेरचन लगानी बोर्डका पुर्व सीइओ शुशिल भट्ट मध्येबाट तीन जनाको नाम तीन जनामा सर्टलिष्टिङ हुने दाबी छ । यसमध्ये एकको नाममा प्रधानमन्त्री ओलीले एक जनाको नाममा बिहिबार चैत १४ गते बस्ने मन्त्रिपरिषद बैठकमा लालमोहर लगाउने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्