Shikhar Insurance
National Life

धौलागिरी लघुवित्तले बाेलायाे फागुन १० गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ माघ १३, आईतवार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १० गते साधारण सभा बोलाएके छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार छैठौं वार्षिक साधारणसभा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, उपल्लाचौर, बाग्लुङमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारितका लागि पेश गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

सभामा अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्नेछ । सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव गर्नेछ ।

साथै, साधारणसभा प्रयोजनका लागि कम्पनीले यही माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्