Skip to content
Shikhar Insurance
National Life

गभर्नरका लागि देउवाका तीन नाम, अदालतले नरोके डा. विश्वनाथ पौडेल गभर्नर

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका काँग्रेस सभापति शेर बहादुर देउवाले तीन जनाको नाम क्रमानुसार सिफारिस गरेका छन् । बिहान बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको भेटमा काँग्रेस सभापति देउवाले गभर्नरका लागि काँग्रेसका तर्फबाट तीन जनाको नाम क्रमानुसार सिफारिस गरेका हुन् ।

देउवाले पहिलो नम्बरमा डा. विश्वनाथ पौडेलको नाम लिएका छन् भने दोश्रो नम्बरमा डा. अंगराज तिमल्सिनाको नाम लिएका छन् । तेश्रो नम्बरमा भने नविल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुंगनाको नाम लिएको स्रोतले बतायो । डा. विश्वनाथ पौडेललाई सर्वाेच्च अदालतले गभर्नर बन्न बाटो खोलिदिएमा उनै पौडेललाई गभर्नर बनाउनुपर्ने देउवाको भनाई थियो । डा. पौडेललाई अदालतले रोकेमा डा. अंगराजलाई गभर्नर बनाउनुपर्ने देउवाको प्रस्ताव रहेको स्रोतले बतायो ।

एमालेले भने बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको नाम सिफारिस गर्ने तयारी गरेको छ । सर्वाेच्च अदालतले नरोकेमा आजै डा. विश्वनाथ पौडल गभर्नर नियुक्त हुनेछन् ।

डा. पौडेललाई गभर्नर बनाउन तयार रहेको सन्देश प्रधानमन्त्री केपी ओलीले भर्खरै काँग्रेस सभापति शेर बहादुर देउवालाई पठाएको स्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्