Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुमा ६० खर्ब ३७ अर्ब पुग्यो निक्षेप, लगानीयोग्य रकम १२ खर्ब नजिक

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ६० खर्ब ३७ अर्ब पुगेको छ । चालु वर्षको फागुन महिनासम्म सो बराबर निक्षेप पुगेको हो ।

नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांक अनुसार फागुनसम्म बैंकहरुले ४८ खर्ब ५१ अर्ब ऋण लगानी गरेका छन् । यो अवधिसम्म बैंकहरुसँग लगानीयोग्य रकम ११ खर्ब ८६ अर्ब रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु वर्ष गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ४.९० प्रतिशतले निक्षेप वृद्धि भएको छ । यस्तै, ६.१२ प्रतिशतले कर्जा लगानी वृद्धि भएको छ । जसअनुसार लोन टु निक्षेप रेसियो (सिडी) ७९.२९ प्रतिशत पुगेको छ ।

निक्षेपतर्फ असार महिनामा १ खर्ब २० अर्ब, साउन महिनामा १ खर्ब २२ अर्ब, भदौमा १ खर्ब ३७ अर्ब, असोजमा १ खर्ब ४८ अर्ब, कार्तिकमा १ खर्ब ५० अर्ब र मंसिरमा १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यसैगरी, पुस महिनामा १ खर्ब ५७ अर्ब, माघमा १ खर्ब ५६ अर्ब र फागुनमा सबैभन्दा धेरै १ खर्ब ५९ अर्ब निक्षेप संकलन भएको छ ।

कर्जा विस्तारतर्फ असार महिनामा ४७ अर्ब, साउनमा भदौ र असोज महिनामा समान ५१ अर्ब, कार्तिक महिनामा ५५ अर्ब कर्जा विस्तार भएको छ । यस्तै, मंसिर महिनामा ७३ अर्ब, पुसमा ८५, माघमा सबैभन्दा धेरै ९२ अर्ब र फागुनमा ८२ अर्ब कर्जा विस्तार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्