Skip to content
Shikhar Insurance
National Life

७३ जिल्लामा पुग्यो डेंगु, एक हप्तामा ३५ जनालाई कोरोना संक्रमण

Hyundai
NCELL
NIMB

काठमाडौं । गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् । सरकारकाअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका हुन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने यस वर्ष हालसम्म डेंगी संक्रमणको केस नपाइएको बताए । सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् । जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएको बताए ।

उनले ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउने निर्णय भएको बताए ।

प्रवक्ता बुढाथोकीकाअनुसार डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरु बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु देखिन्छन् ।

डेंगी संक्रमित करिव ८० प्रतिशत केसहरुमा लक्षण नदेखिने बताए ।

उनले भने, ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउन बोर्डको असार ८ गते बसेको बैठकले निर्णय गरेको छ । २०८२ को साउन १ गतेबाट लागू हुनेगरी यस निर्णयबमोजिम अब प्रथम सेवा बिन्दुका रुपमा केबल सरकारी स्वास्थ्य संस्थामा मात्रै रहनेछ ।’

‘हाल मनसुन शुरु भएसँगै लामखुट्टेको संख्यामा वृद्धि भइरहेको छ । जसले डेंगी लगायतका रोगहरुको जोखिम बढाएको छ । नेपालमा मिति २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् । सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् । जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा केस दर्ता भएका छन् । हिमाली ४ जिल्ला, डोल्पा, हुम्ला, मनाङ र रसुवामा भने यस वर्ष हालसम्म केस देखिएका छैनन्’ उनले उल्लेख गरे ।

उनकाअनुसार नेपालमा कोभिड १९ को संक्रमण अन्य थप जिल्लाहरुमा पनि देखिन थालेको छ । २०८१ को पुस १७ गतेदेखि २०८२ को असार १८ गतेसम्म नेपालका ३१ वटा जिल्लाबाट कोभि १९ का २ सय ४३ केस दर्ता भएको बताए । प्रवक्ता बुढाथोकीले पछिल्लो एक हप्तामा नेपालमा ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको बताए । सरकारले कोभि १९ को जोखिमलाई मध्यनजर गरी १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड १९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए ।

प्रवक्ता बुढाथोकीले कोशी प्रदेशमा पशुपतिनगर हेल्थ डेस्क, मेची हेल्थ डेस्क, रानी हेल्थ डेस्क, मधेस प्रदेशमा मदर हेल्थ डेस्क, बिर्तामोड, गौर हेल्थ डेस्क, इनरुवा वीरगञ्ज हेल्थ डेस्क, लुम्बिनीमा गलैया हेल्थ डेस्क, कृष्णनगर हेल्थ डेस्क, जमुना हेल्थ डेस्क, गण्डकीमा त्रिवेणी हेल्थ डेस्क, सुदूरपश्चिम प्रदेशमा त्रिनगर हेल्थ डेस्क, गड्डाचौकी हेल्थ डेस्क, झुलाघाट हेल्थ डेस्क, कुलाघाट हेल्थ डेस्क, टिकापुर हेल्थ डेस्क र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई नाका गरी १७ वटा नाकाबाट निगरानी भइरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE