काठमाडौं । सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । बिहिबार काठमाडौंको माईतीघर मण्डलामा भूमि अधिकार संरक्षण समितिको आह्वानमा उपस्थित भइ बिरोध प्रदर्श गरिएको हो ।
उनीहरुले जनतालाई उठिवास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, झीगु भूमि झीगु अधिकार, जनताको सम्पतीको हक कायम गर, आइएसओ १६९ लागू गर जस्ता प्लेकार्ड र नारा लगाइ बिरोध प्रदर्शन गरेका हुन् ।
बिरोध कार्यक्रममा बोल्दै धोबिखोला करिडोर प्रभावित मुल समितिका अध्यक्ष ऋषिराम बस्यालले नदी किनारको २० मिटर क्षेत्र छोड्नुपर्ने फैसला सर्वोच्च अदालतले मनगढन्ते रुपमा गरेको आरोप लगाए । उनले यो समस्या काठमाडौं उपत्यकामा मात्रै देखिए पनि नेपालभर लागू भए करोडौं जनता विस्थापित हुने बताउनु भयो । मापदण्डको नाममा सरकारले आतंक मच्चाएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्