काठमाडौं । कुलमान घिसिङका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माईतीघर मण्डलामा कुलमानका पक्षधरहरुले प्रदर्शन गरेका हुन् ।कुलमानका समर्थकहरुले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
सरकारले गत चैत ११ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्