Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग हाे : सचेतक बर्तौला

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गरेका छन् । बुधबार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।

एक अमुख कर्मचारीलाई देवत्वकरण गरेर संसदमा प्रतिपक्षी दलको तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको उनको भनाइ छ । सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनको लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उनको आरोप छ ।

कर्मचारीको निुयुक्ति,प दमुक्त र सरुव गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने उनको भनाइ छ । उनले कुलमानलाई पदमुक्त गर्ने निर्णयबारे जवाफ दिनैपरेपनि विभागिय मन्त्रीले दिने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्