काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज १ गते बिहिबारका दिन बसेको बैठकले पाण्डेलाई आगामी चार बर्षका लागि पुन: सीईओ नियुक्त गरेको हो । पाण्डेकै अगुवाईमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीबन बीमा व्यवसायको पायोनियर कम्पनी हो । उनकै नेतृत्वमा शिखरले सर्वाधिक बीमा शुल्क आर्जनदेखि अन्य सूचकहरुमा पनि आफुलाई एक नम्बरमा उभ्याउन सफल भएको छ ।
शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

प्रतिक्रिया दिनुहोस्